पेरिस- प्रहरीले एक जना युवकको हत्या गरेको विषयमा केही दिनदेखि सुरु भएको दङ्गा अझै जारी छ। यही क्रममा आक्रोशित प्रदर्शनकारीको समूहले पेरिसको दक्षिणमा रहेको एक सहरका मेयरको घरमा कार जोतेका छन्। सो घटनामा उनकी श्रीमती र बच्चा घाइते भएका छन्।
यसैबीच, फ्रान्समा जारी दङ्गाका क्रममा पक्राउ पर्नेको सङ्ख्या बढेर ७१९ पुगेको छ। आन्तरिक मन्त्रालयका अनुसार झण्डै १,३०० व्यक्तिलाई हिरासतमा लिइएको थियो। अघिल्लो रातको तुलनामा हिंसामा केही कमी आएको बताइएको छ। -एएफपी