बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ललिता निवासको जग्गामा तारबार गर्न पुग्यो काठमाडौंको नगर प्रहरी

ललिता निवासको जग्गामा तारबार गर्न पुग्यो काठमाडौंको नगर प्रहरी

 |  आइतबार, असार १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १७, २०८०
National life
Shivam cement

काठमाडौं- काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित विवादित ललिता निवासको जग्गा तारबार गर्ने भएको छ। आइतबार महानगर प्रहरीको टोली त्यहाँ पुगेको हो।

ललिता निवासको जग्गा यकिन गरी तारबार गरिने महानगर प्रहरीले जनाएको छ। ललिता निवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ। यो प्रकरणमा हालैमात्र भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङलगायत पक्राउ परेका छन्।

ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गर्ने क्रममा सरकारी कागजात कीर्ते गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jul 02, 2023| 14:54 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्