काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीनले बीआरआईबारे चासो राखेको बताएका छन्। पाँच दिने चीन भ्रमणपछि आज स्वदेश फर्किएका श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बीआरआईको बारेमा ठोस प्रोजेक्ट र मोडालिटीको बारेमा छलफल गरेर टुंगो लगाउन भनेको बताए।
उनले भने, ‘हामीले बीआरआई प्रोजेक्टको बारेमा ठोस प्रोजेक्ट र मोडालिटीको बारेमा छलफल गरेर टुंगो लगाउँनेछौं। बीआरआईबाट पनि हामी लाभान्वित हुने आशा लिएका छौं भनेका छौं। उहाँहरूले पनि बीआरआई प्रोजेक्टबाट लाभ लिनको लागि के कस्तो तयारी गर्नुभएको छ भन्ने जिज्ञासा राख्नुभएको थियो। त्यही सन्दर्भमा हामीले आफ्नो नीतिबारे प्रष्ट गर्यौं।’