मंगलबार, साउन २६, २०८३

नारायणगढ-मुग्लिन सडकमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने

 |  आइतबार, असार १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १७, २०८०

मुग्लिन- नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ। इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो। 

डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खसलाउन सकिने बताए। पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उनको भनाइ छ। ‘अर्को ढिस्को पनि खस्ने अवस्थामा छ’, पौडेलले भने। 

सो स्थानमा बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ। छिनछिनमा पहिरो खस्दा यातायात अवरुद्ध हुँदैआएको छ।
 

प्रकाशित: Jul 02, 2023| 12:43 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्