शनिबार, साउन २४, २०८२

कर्मचारी-वकिल विवादले देशभरका अदालतको काम प्रभावित

 |  आइतबार, असार १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार १७, २०८०

vianetvianet

काठमाडौं- उच्च अदालत पाटनमा कर्मचारी र कानुन व्यवसायीबीच भएको विवादका कारण देशभरका अदालतको काम प्रभावित भएको छ। कर्मचारीमाथि कानुन व्यवसायीले हातपात गरेको भन्दै देशभरका अदालतका कर्मचारी आज दिउँसो साढे १ बजेसम्म काममा नजाने घोषणा गरेर आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलनका कारण सर्वोच्चसहित देशभरका उच्च र जिल्ला अदालतमा काम प्रभावित भएको छ। कर्मचारीका आधिकारिक ट्रेड युनियनहरूले काम रोक्नका लागि विज्ञप्ति जारी गरेका कारण अदालतहरूमा मुद्दा सुनुवाइ हुन सकेको छैन।

यही असार १३ गते पाटन जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको भन्दै न्यायालयका कर्मचारी आन्दोलनमा उत्रिएका हुन्। अधिवक्ता लामिछानेले उच्च अदालत पाटनको मुद्दा फाँटमा काम गर्ने तामाङसँग सक्कली मिसिल माग्दा विवाद भएको र हातपात भएको दाबी गरिएको छ।

अधिवक्ता लामिछाने प्रहरी हिरासतमा छन्। नासु तामाङले अधिवक्ता लामिछानेलाई कारबाहीका लागि अदालतमा निवेदन पनि दिएकी छन्। उच्च अदालत बार एसोसिएसन र ललितपुर बार एसोसिएसनले अधिवक्ता लामिछानेलाई प्रहरी हिरासतबाट रिहाइ माग गर्दै घटनाको सत्यतथ्य छानबिनको माग गरेका छन्।

प्रकाशित: Jul 02, 2023| 12:17 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्