बुधबार, वैशाख ३०, २०८३

६ महिनामा आए पौने ५ लाख पर्यटक

नेपाल पर्यटन बोर्डका अनुसार जुनमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन्।
 |  आइतबार, असार १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १७, २०८०

National life

काठमाडौं- यस वर्षको पहिलो ६ महिना (जनवरीदेखि जुन) मा ४ लाख ७६ हजार ५०७ जना विदेशी पर्यटक नेपाल आएका छन्। यो संख्या हवाई मार्ग हुँदै आउने पर्यटकको हो। स्थलमार्गबाट आउने भारतीय तथा तेस्रो देशका पर्यटक यसमा  समावेश  छैनन्।

गत महिना जुनमा भने ७२ हजार २२० पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार जुनमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन्। भारतबाट ३८ हजार ८४५ पर्यटक भित्रिएका हुन्। त्यस्तै, अमेरिकाबाट ८ हजार ४७०, चीनबाट ४ हजार ३४३, बेलायतबाट १ हजार ९९२ र अष्ट्रेलियाबाट १ हजार ६३९ जना पर्यटक आएका छन्।

त्यसअघि जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७७३ र मेमा ७२ हजार ७३० जना पर्यटक भित्रिएका थिए।

प्रकाशित: Jul 02, 2023| 12:01 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्