शनिबार, साउन २४, २०८२

यी नदीमा आज बाढी आउन सक्ने

 |  आइतबार, असार १७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, असार १७, २०८०

vianetvianet

काठमाडौं- आज सात जिल्ला र आसपास भएर बहने नदीहरूमा जल सतह बढ्न सक्ने आकलन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

आज ईलाम, झापा, पाँचथर, संखुवासभा, मकवानपुर, बारा, पर्सा र आसपास भई बहने  केही स-साना नदीहरुमा वहाब उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम छ।

आज बिहानको मापनअनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ती, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै र सामान्य अवस्थामा रहेको महाशाखाले जानकारी दिएको छ।

यी नदीहरूमा जल सतह सतर्कता तहभन्दा तलै रहे पनि जल सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: Jul 02, 2023| 09:45 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्