मंगलबार, साउन २६, २०८३

मुग्लिन-नारायणगढ दुईतर्फी अवरुद्ध, यात्रुको विचल्ली

 |  आइतबार, असार १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १७, २०८०

काठमाडौं- मुग्लिन नजिक तुइन खोलामा पहिरो गएपछि मुग्लिन-नारायणगढ सडक फेरि अवरूद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार
शनिबार राति साढे ११ बजेबाट पहिरो खसेर बाटो पूरै बन्द भएको हो।

बिहान पाँच बजेदेखि पहिरो सफा गर्न सुरू भए पनि पहिरो ठूलो भएका कारण बाटो खुल्न केही समय लाग्ने भरतपुर डिभिजन सडक कार्यालयले जनाएको छ।

मुग्लिनदेखि लगभग दुई किलो मिटर पर इच्छाकामना गाउँपालिका–५ मा पर्ने तुइन खोला नजिक बुधबार रातिदेखि नै ढुंगा खस्न सुरू भएको थियो। बिहीबार दिउँसो ठूलै पहिरो खसेपछि लगातार २८ घन्टासम्म बाटो थुनिएको थियो। शनिबार आंशिक खुलेको सडक फेरि बन्द भएको हो।

प्रकाशित: Jul 02, 2023| 07:04 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्