टुरीन (एजेन्सी)- इटालियन क्लब युभेन्टसका प्रशिक्षक मासिमिलानो एलेग्रीले यसपटक युरोपियन च्याम्पियन्स लिगको दाबेदार स्पेनिस बार्सिलोना रहेको बताएका छन् । यस सिजन बार्सिलोना बलियो टोलीका रूपमा देखिएको बताउँदै उनले उसलाई रोक्न जो कोहीलाई मुस्किल पर्ने बताए बताएका हुन् ।
बार्सिलोनासँग युवा र क्षमतावान् खेलाडी रहेको बताउँदै उनले बार्सिलोनालाई च्याम्पियन्स लिगको प्रमुख दाबेदार मानेका हुन् । घरेलु लिग ‘सिरी ए’मा आज (शनिबार) हुने ११औं हप्ताको खेलअघि पत्रकार सम्मेलनमा बोल्दै एलेग्रीले यस्तो बताएका हुन् ।
पत्रकार सम्मेलनमा एलेग्रीले भने ‘मेरो विचारमा यस वर्ष बार्सिलोना च्याम्पियन्स लिगको उपाधिका लागि मुख्य दाबेदार हो, यसपालि हाम्रो लक्ष्य कम्तीमा अन्तिम चारसम्म हो ।’ सोक्रममा एलेग्रीले च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डोले चाँडै उच्च लय समात्ने बताए ।
‘रोनाल्डो च्याम्पियन्स लिगमा चाँडै गोल स्कोरिङमा देखिनेमा म विश्वस्त छु,’ एलेग्रीले भने, ‘उनलाई लय समात्न समय लाग्छ, त्यसपछि उनी आफ्नै स्टाइलमा अघि बढ्छन् ।’
‘सिरी ए’ मा शनिबार राति युभेन्टसले ११औं हप्ताको खेलमा क्यागलिआरीसँग आफ्नो घरेलु मैदानमा खेल्दैछ । युभेन्टस हाल लिगमा १० खेलबाट २८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४