बिहीबार, असार ४, २०८३

सडक छेउमा हरियाली बढाउँदै महानगर

 |  आइतबार, असार १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १७, २०८०
National life
Shivam cement

काठमाडौँ महानगरपालिकाको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत महानगरका विभिन्न क्षेत्रमा फूललगायत विभिन्न जातका बिरुवा रोप्न थालेको छ। यसै सिलसिलामा महानगरपालिकाको वडा नं २८ ले भने बागबजार क्षेत्रमा रहेका गमलासहित फूल तथा अन्य बिरुवा राखेको छ।

भृकुटीमण्डप, राष्ट्रिय सभागृह रोड, शङ्करदेव क्याम्पस रोड, बागबजार क्षेत्र महाँकाल भैरव क्षेत्रमा गमलासहित बिरुवा राखेको हो। महानगरपालिकाको वडा नं २८ का वडासचिव मोक्षप्रसाद दुलालले वडाले एक सय ५५ वटा गमलासहित धुपी, समी, कपुर तथा फूलको बिरुवा रोपेको जानकारी दिए

उनका अनुसार महानगरपालिकाले सुरु गरेको हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत अहिलेसम्म छ सय बिरुवा रोपिसकेको र सडक छेउछाउमा भने गमलामा बिरुवा राखिएको छ। उक्त अभियान सो वडाले गएको जेठबाट सुरु गरेको हो। महानगरपालिकाले यसअघि हरित विद्यालय अभियानसमेत सुरु गरेको थियो।
 

प्रकाशित: Jul 02, 2023| 07:07 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्