मंगलबार, साउन २६, २०८३

श्री एयरलाइन्सका सबै उडान आज स्थगित

 |  आइतबार, असार १७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, असार १७, २०८०

काठमाडौं- श्री एयरलाइन्स प्रालिले आज आइतवारका लागि निर्धारित सबै उडान स्थगित गरेको छ।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले प्रेस नोट जारी गर्दै आजका सबै उडान स्थगित गरिएको जानकारी दिएका छन्।
उडान स्थगित गरी कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको एयरलाइन्सले जनाएको छ। सोमवारदेखि सबै उडान सञ्चालन गरिनेछन्।

शनिवार काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आई पुनः काठमाडौं नै फिर्ता ल्याई अवतरण गरिएको घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्न लागेको हो।
 

प्रकाशित: Jul 02, 2023| 06:40 आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्