शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पूर्वी टिमोरको स्वतन्त्रता नायक गुस्माओ ८ वर्षपछि पुनः सत्तामा

पूर्वी टिमोरको स्वतन्त्रता नायक गुस्माओ ८ वर्षपछि पुनः सत्तामा

 |  शनिबार, असार १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

लेत्से- दक्षिणपूर्वी एसियाको सबैभन्दा कान्छो लोकतन्त्र पूर्वी टिमोरका पहिलो जननिर्वाचित राष्ट्रप्रमुख जानाना गुस्माओ प्रधानमन्त्रीपदबाट राजीनामा दिएको आठ वर्षपछि शनिबार पुनः सत्तामा फर्किएका छन्। 

National life

इन्डोनेसियाली कब्जाविरुद्ध रक्तञ्जित गुरिल्ला लडाईंपछि आफ्नो कार्यकालको पहिलो दुई कार्यकालमा देशलाई एकताबद्ध बनाउने श्रेय ७७ वर्षीय स्वतन्त्रताका प्रतिमूतिलाई दिइएको थियो। 

गुस्माओको पार्टी, विपक्षी ‘नेसनल कङ्ग्रेस फर टिमोरिस रिकन्स्ट्रक्सन (सीएनआरटी)’ ले मेको चुनावमा भारी मतान्तरले विजय हासिल गरेको छ र प्रतिरोध आन्दोलनको नेतृत्वमा रहेको वर्तमान गठबन्धनलाई पराजित गरेको छ।

सीएनआरटीले डेमोक्र्यटिक पार्टीसँग मिलेर संसदमा बहुमत हासिल गरेपछि गुस्माओलाई पुनः प्रधानमन्त्रीमा चयन गरिएको थियो। पोर्चुगाली–टिमोरी मूलका शिक्षकहरूको छोरा, गुस्माओ पोर्चुगाली उपनिवेशमा हुर्किएका थिए।

उनी सन् १९७५ मा स्वतन्त्र पूर्वी टिमोर (फ्रेटिलिन) को लागि क्रान्तिकारी मोर्चामा सामेल हुनुभएको र पहिले पोर्चुगल र त्यसपछि इन्डोनेसियाबाट स्वतन्त्रताको लागि लडेका थिए। 

Laxmi sunrise bank
kumari

उनी सन् १९८१ मा उनी फ्रेटिलिनको सैन्य शाखा फलिन्टिलका नेता बनेका थिए भने आफ्नो युवा तथा वयस्क जीवनको अधिकांश समय सँगी लडाकुहरूसँग जङ्गलमा बिताएका थिए। 

सन् १९९२ मा इन्डोनेसियाली सेनाले उनलाई पक्रेपछि उनले जकार्ताको जेलबाटै सङ्घर्षको नेतृत्व गरेका थिए। 
 

प्रकाशित: Jul 01, 2023| 20:50 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्