शुक्रबार, पुस ४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • फ्रान्समा चौथो दिन पनि प्रदर्शन जारी, एक हजार भन्दा बढी पक्राउ

फ्रान्समा चौथो दिन पनि प्रदर्शन जारी, एक हजार भन्दा बढी पक्राउ

 |  शनिबार, असार १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

पेरिस- फ्रान्सका सडकमा एक किशोरलाई प्रहरीले गोली हानेर हत्या गरेको घटनालाई लिएर तनाव बढेपछि प्रदर्शनकारीले ठाउ ठाउमा आगो बालेर आवागमनमाअवरोध खडा गर्नुका साथै प्रहरीमाथि आक्रमणसमेत गरेका छन्।

National life

 सिएनएनका अनुसार हिंसाको चौथो दिन पनि सरकारले शान्ति सुव्यवस्था कायम गर्न संघर्ष गरिरहेको छ। अहिलेसम्म प्रहरीले करिब एक हजार जनालाई पक्राउ गरेको छ।

फ्रान्सको गृह मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार ९९४ जनालाई हिरासतमा लिइएको छ। सार्वजनिक सडकमा दुई हजार ५६० स्थानमा आगजनी गरिएको, एक हजार ३५० कार जलेको र २३४ वटा भवनमा क्षति वा आगलागीका घटना भएको बताइएको छ।

शुक्रबार रातिसम्म ७९ जना प्रहरी घाइते भएका छन् भने ५८ प्रहरी स्टेसनमा आक्रमण भएका छन्।

बिएफएमटिभीका अनुसार मार्सिलेको पुरानो बन्दरगाहमा शुक्रबार साँझ विस्फोट भएको थियो तर कुनै मानवीय क्षति भने भएको थिएन।

Laxmi sunrise bank
kumari

पेरिसको उपनगरीय शहर नान्टेरेमा ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा रोकिएपछि नाहेल भनिने १७ वर्षीय किशोरको मृत्यु भएपछि यो घटना भएको हो।

उनलाई गोली हानेको आरोप लागेका अधिकारीलाई जेल लगिएको थियो। नाहेलको अन्त्येष्टि शनिबार गरिएको छ।

प्रकाशित: Jul 01, 2023| 21:30 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्