शुक्रबार, पुस ४, २०८२

युक्रेन-रूस युद्ध : ईयू कूटनीतिमा स्पेनको अग्रसरता

 |  शनिबार, असार १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

मड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज शनिबार बिहान कीभ आइपुगेका छन्। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेटवार्ताका निम्ति उनी शनिबार बिहान कीभ आइपुगेका बताइएको छ।

National life

'म युरोपेली सङ्घको काउन्सिलको स्पेनी अध्यक्षताको पहिलो कार्य युक्रेनमा यसको अध्यक्षसँग होस् भन्ने चाहन्छु,' सान्चेजले आफ्नो आधिकारिक ट्विटमा लेखेका छन्। उनले सिङ्गो युरोपको ऐक्यबद्धता व्यक्त गर्न पनि यो भ्रमण गरिएको बताएका छन्। 

'युरोपमा शान्ति नआएसम्म हामी युक्रेनी जनतालाई समर्थन गरिरहनेछौँ,' बिहीबार ईयु शिखर सम्मेलनको क्रममा भ्रमणको घोषणा गर्दै सान्चेजले भनेका छन्, 'रुसको आक्रमणविरुद्ध लड्ने कीभलाई ईयुको समर्थन छ।' प्रदर्शन गर्ने उद्देश्य पनि यो भ्रमणको रहेको उनले उल्लेख गरेका छन्।

एक वर्ष पहिले ईयु सदस्यताको उम्मेदवार बनेको युक्रेनले यस वर्ष सदस्यता प्राप्तिका निम्ति औपचारिक वार्ता गर्ने तयारी गरेको छ।

प्रकाशित: Jul 01, 2023| 22:00 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्