बिहीबार, असार ५, २०८२

शाहरुखको जन्मदिनमा 'जीरो' को ट्रेलर सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
मुम्बर्इ- शाहरूख खानको ५३ औँ जन्मदिनको अवसरमा शाहरूख खानको बहुप्रतिक्षित फिल्म ‘जीरो’ को ट्रेलर सार्वजनिक गरिएको छ। 

ट्रेलरमा शाहरूख खान बाम उचाइ वा छोटा कदका भुमिकामा देखिएका छन्। यसका साथै, अनुष्का शर्मा अपांगता भएकी प्रसिद्ध महिलाको भुमिकामा देखिएकी छन्। त्यस्तै, कट्रिना कफै पनि दमदार रोलमा देखिएकी छन्। 

शाहरूख खानको करियरको यो सबैभन्दा महंगो लागतको फिल्म हो। यस फिल्मको लागि उनले २ सय करोड भन्दा बढी लगानी गरकेो छन्।  फिल्मको निर्देशन आनन्द एल रायले गरेका छन्। 

फिल्मको दुई पोस्टर बिहिबार रिलिज भएको थियो। एक पोस्टरमा कट्रिना कफैसँग आँखा जुधाएका बोल्ड लुक  देखिएको छ भने अर्कोमा  अनुष्का र शाहरूखको सफ्ट लुकमा देखिएका छन्। ‘जीरो’को रिलिज क्रिसमसलाई लक्षित गर्दै २१ डिसेम्बरमा हुनेछ। 

शाहरूखको जन्मदिनको अवसरमा फिल्मले टे«लर सार्वजनिक गरेको हो। केही समय यता नायकहरूको जन्मदिनमा फिल्मका टिमले   ट्रेलर, पोस्टर रिलिज गर्ने परिपाटी चलेको छ। यस अघि प्रभासको जन्मदिनकोमा पनि उनी अभिनित फिल्म ‘साहो’ फस्ट लुक सार्वजनिक गरेको थियो।

भिडियो
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्