शुक्रबार, असार ५, २०८३

सिमकोटको लिगुखेतमा आगलागी हुँदा २४ लाखको क्षति

स्थानीय जसवीर शाहीको घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको हो।
 |  शनिबार, असार १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

हुम्ला– हुम्लाको सिमकोट गाउँपालिका–८ लिगुखेत (बटुम)को एउटा घरमा आगलागी हुँदा २४ लाख बराबरको क्षति भएको छ।

National life

स्थानीय जसवीर शाहीको घरमा आज बिहान बिजुलीको तार सर्ट भएर आगलागी हुँदा घरको तेस्रो र दोस्रो तलामा क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

घरको तेस्रो र दोस्रो तलामा पूर्णरुपमा क्षति पु¥याए पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए।

‘घरमा आगलागी हुँदा शाहीको ढुंगामाटोले बनेको तीनतले घर, घरमा भएका गरगहना तथा अन्नपात, काठलगायत सम्पूर्ण धनमाल जलेर नष्ट भएका छन्’, उनले भने। सिमकोट–७ मा रहेको धारापोरी प्रहरी चौकीका प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए।

प्रकाशित: Jul 01, 2023| 15:45 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्