रौतहट– रौतहटको मौलापुरमा शुक्रबार राती आमाछोरीको रहस्यमय मृत्यु दाजुको निहुँमा भएको हुन सक्ने प्रहरीले बताएको छ। हत्याबारे
रौतहट प्रहरीले अनुसन्धान गरिरहेको हो।
मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राती घरमै मृतावस्थामा फेला परेका थिए।
आरुहीको शव पंखामा झुिन्डएको तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवले बताए।
उनका अनुसार मृतक कविताका पति धीरेन्द्र साह र ससुरा नागेन्द्र साह घटनापछि फरार छन्। कविताकी सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। कविताको माइती पक्षले दाइजोको निहुँमा उनको हत्या गरिएको आरोप लगाएको छ। उनको माइतीघर माधवनारायण नगरपालिका–५ मिठुअवा गाउँ हो।
कविताका बुबा विजयशंकर साहले घटना थाहा पाउनसाथ आफू छोरीको घर गएको तर छोरी र नातिनीको शव हेर्नसमेत धेरै बेरपछि पाएको बताए। उनका अनुसार छोरी र ज्वाइँबीच पटक पटक विवाद हुने गरेको थियो।
‘बेलाबेलामा कविताले ज्वाइँ धीरेन्द्रले नगद, पलङ, सुनको आँैठी र सिक्री माग्ने गरेको बताएकी थिइन्। दाइजो नल्याएका कारण छोरी र नातिनीको हत्या गरिएको हो’, विजयशंकरले दाबी गरे।
हालसम्म घटनाको मुचुल्का तयार गर्ने काम भइरहेको र माइती पक्षले कुनै जाहेरी नदिएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढाले बताए।