बुधबार, वैशाख ३०, २०८३

मध्यपहाडी लोकमार्गको बुर्तिबाङ–रुकुम खण्ड अवरुद्ध

सडक अवरुद्ध हुँदा बुर्तिबाङदेखि रुकुम र रुकुम, निसीखोलाबाट काठमाडौँ, बुटवल, पोखरालगायतका ठाउँमा जाने यातायातका साधन ठप्प भएका छन्।
 |  शनिबार, असार १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

बागलुङ–दुई दिनदेखि निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। लोकमार्गको बुर्तिबाङ–रुकुम खण्डअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–२ जुग्जाखोला नजिकै आज पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

National life

सडक अवरुद्ध हुँदा बुर्तिबाङदेखि रुकुम र रुकुम, निसीखोला लगायतका ठाउँबाट काठमाडौँ, बुटवल, पोखरालगायत ठाउँ जाने यातायातका साधन ठप्प भएका छन्। 

सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन्। अहिले सडक खुलाउने प्रयास भइरहेको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिए। 

भारी वर्षाका कारण लोकमार्गको विभिन्न स्थानमा पहिराले सडक ठाउँ ठाउँमा अवरुद्ध  बनेको छ। लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्डको विभिन्न ठाउँमा पहिरो जाँदा सडक खुलाउँदै यातायातका साधन सञ्चालन भइरहेका छन्।

प्रकाशित: Jul 01, 2023| 12:28 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्