बुधबार, वैशाख ३०, २०८३

रत्ननगरका बेरोजगारलाई रोजगार दिन मेला

नगरबासी युवालाई क्षमताअनुसार रोजगारी दिन रोजगारदाता कम्पनीको सहभागितामा नगरपालिमा नगरपालिकामा रोजगार मेला आयोजना गरिएको हो।
 |  शनिबार, असार १६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

चितवन–चितवनको रत्ननगर नगरपालिकामा वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला सुरु भएको छ। रत्ननगर–१ स्थित होटल स्टार चितवनमा शुक्रबारदेखि सुरु भएको मेलाको रत्ननगर नगरपालिका र भरतपुर महानगरले संयुक्त रुपमा आयोजना गरेका हुन्।

National life

कार्यक्रममा रत्ननगर प्रमुख प्रह्लाद सापकोटाले नगरबासी युवालाई स्वरोजगार बनाउन र रोजगारी अवसर सिर्जना गर्न नगरपालिका लागिपरेको बताए। आफ्नो क्षमता पहिचान गरी उद्यमी बन्न चाहने युवालाई आवश्यक तालिम व्यवस्था गर्ने र रोजगारदातासँग समन्वय गरी रोजगारी अवसर दिलाउन मेला आयोजना गरिएको सापकोटाको भनाइ छ।

सीप र क्षमता भएका व्यक्ति कोही पनि बेरोजगार बन्नु नपर्ने उल्लेख गर्दै उनले भने, ‘स्वदेशमै उद्यमी बन्न होस् वा वैदेशिक रोजगारीमै जानका लागि पनि आवश्यक पर्ने तालिम लिनुपर्छ। हामीले इन्स्योर परियोजनाअन्र्तगत हेल्भेटास नेपालको प्राविधिक सहयोगमा तालिम दिन प्रतिबद्ध छौँ।’

कार्यक्रममा नगर उपप्रमुख यादवप्रसाद पाठकले शैक्षिक योग्यता, दक्षता र क्षमता हुँदाहुँदै पनि रोजगारीको अवसरबाट वञ्चित भएकाले मेलाबाट लाभ उठाउन सक्ने र सीप सिक्न चाहनेका लागि विभिन्न तालिममा सहभागी गराइने बताए।

रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले रोजगारी खोजीमा रहेका र रोजगारी दिनेबीच प्रत्यक्ष भेट गराएर रोजगारीको अवसर सिर्जना गर्न मेला कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे। उनले मेला अवलोकन गरी लाभ लिन नगरबासीसँग आह्वानसमेत गरे।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले विभिन्न उद्योगमा अहिले जनशक्ति अभाव भइरहेको जनाउँदै आवश्यक सीप सिकेर दक्ष बन्न सकेको अवस्थामा एक हजार बढी युवालाई रोजगार प्रदान गर्न सकिने बताए। मेलामा रोजगारदाता कम्पनी तथा सीप सिकाउने कम्पनीका गरी गरी ३४ प्रदर्शनी कक्ष छन्।

प्रकाशित: Jul 01, 2023| 11:06 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्