शनिबार, साउन २४, २०८२

नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

 |  शनिबार, असार १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार १६, २०८०

vianetvianet

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ। इच्छाकामना गाउँपालिका–५ तीन किलोमा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

सोही स्थनामा बिहीबार मध्याह्नबाट अवरुद्ध भएको सडक शुक्रबार साँझ ५ बजेबाट मात्र सञ्चालनमा ल्याइएको थियो।

पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको सडकमा फेरि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

२८ घण्टा लगाएर पहिरो पन्छाएसँगै रोकिएरका सवारी साधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको समयमा पुनः पहिरो खसेसँगै यात्रु अलपत्र परेका छन्।

पहिरो पन्छाउने काम सुरु गरिएको छ। सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन्।

Metro Mart

प्रकाशित: Jul 01, 2023| 07:59 शनिबार, असार १६, २०८०
प्रतिक्रिया दिनुहोस्