बुधबार, वैशाख ३०, २०८३

साताव्यापी ग्रिन विक मनाउँदै नबिल बैंक

 |  शुक्रबार, असार १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

काठमाडौं- नबिल बैंकले साताव्यापी ‘नबिल ग्रिन विक’ आयोजना गर्ने भएको छ। नबिल दिगो बैंकिङको दोस्रो वार्षिकोत्सवको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको हो।

National life

बैंकिङ क्षेत्रमा वातावरणीय र सामाजिक सचेतनाका लागि उल्लेख्य योगदान र उपलब्धिको चर्चा गर्दै साताव्यापी यो कार्यक्रम चल्ने बैंकले जनाएको छ। नबिल सस्टेनेबल बैंकिङले सुरुवातदेखि नै सामाजिक र वातावरणीय चुनौतीलाई सम्बोधन गर्ने क्रममा दिगो अभ्यासलाई प्रवद्र्धन गरिरहेको छ। बैंकको प्रयासले थुप्रै कोसेढुंगा हासिल गर्न सफल भएको बैंकले उल्लेख गरेको छ।

दुर्गम क्षेत्रमा शाखा सञ्चालन गरेर ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार, बजार पहुँच र वित्तीय समावेशितालाई विस्तार र कृषि तथा साना व्यवसायमा वित्तीय सेवा दिएर स्थानीय आर्थिक विकासमा टेवा पुर्‍याएको बैंकले जानकारी दिएको छ। त्यस्तै, नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जामार्फत वित्तीय पहुँच विस्तार गरेको छ। त्यस्तै, कृषिको व्यवसायीकरण र उद्यमशीलता विकाससमेत गरेको छ।

ग्रामीण क्षेत्रमा शाखारहित बैंकिङ एवं डिजिटलाइजेसनमार्फत पहुँच विस्तार गरेको छ। नबिल स्कुल फर सोसियल आन्ट्रप्रेनरसिपमार्फत सामाजिक उद्यमशीलताको विकासमा समेत टेवा पु र्‍याएको छ। नबिल दिगो बैंकिङ मूलतः ग्रामीण बैंकिङमा केन्द्रित छ। यसले सीमान्तकृत समुदायमा वित्तीय सेवा विस्तार गर्ने लक्ष्य राखेको छ। साथै वित्तीय साक्षरता अवधारणामा समेत यसले काम गरिरहेको छ।

हालै मात्र बैंकले नबिल सस्टेनेबल हाउजिङ लोन सार्वजनिक गरेको थियो। जसमा वातावरणमैत्री घर निर्माणमा कर्जा दिने व्यवस्था छ। बैंकले हाइड्रोमा लगानी, सहुलियत कर्जा प्रदान, सामाजिक क्षेत्रलगायतमा काम गरी दिगो बैंकिङको अभ्यास गर्दै आइरहेको जनाएको छ।

प्रकाशित: Jun 30, 2023| 19:12 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्