शनिबार, साउन २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल रेमिट र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

नेपाल रेमिट र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

 |  शुक्रबार, असार १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

vianetvianet

काठमाडौं- विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालि र नबिल बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम नबिल बैंकको सिधै बैंक खातामा तथा नबिल बैंकका शाखा कार्यालय मार्फत सहजै प्राप्त गर्न सकिन्छ ।

रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा।लि। का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र नबिल बैंकका तर्फबाट रेमिट्यान्स हेड मनीषा श्रेष्ठले हस्ताक्षर गरे । नेपाल रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको छ ।

 

प्रकाशित: Jun 30, 2023| 19:10 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्