शनिबार, साउन २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • आइएमई पेमार्फत खानेपानी र बिजुलीको बिल तिर्दा क्यासब्याक

आइएमई पेमार्फत खानेपानी र बिजुलीको बिल तिर्दा क्यासब्याक

 |  शुक्रबार, असार १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

vianetvianet

काठमाडौं- डिजिटल वालेट आइएमई पेले पानी र बिजुलीमा क्याशब्याकको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार १७ देखि असार २३ सम्म एक हप्ताका लागि चल्नेछ ।

यसअन्तर्गत ग्राहकले आइएमई पे मार्फत पानीको बिल भुक्तानी गर्दा १० प्रतिशत (१०० रुपैयाँसम्म) छुट प्राप्त गर्न सक्नेछन् । एक हप्तामा ग्राहकले सो क्याशब्याक पटकपटक प्रयोग गर्न पाउनेछन् ।

साथै आइएमई पे मार्फत ग्राहकले बिजुलीको बिल भुक्तानी गर्दा लाग्ने सेवाशुल्कमा समेत छुट पाउने भएका छन् । सो क्याशब्याक एवम् छुट ग्राहकलाई आफ्नो घरायसी बिलहरु विद्युतीय माध्यममार्फत तिर्न प्रोत्साहन गर्ने उद्धेश्यका साथ प्रदान गरिएको कम्पनीले जनाएको छ । आइएमई पेले असार महिनामा मनसुनलाई लक्षित गर्दै ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियान सञ्चालन गरिरहेकाे छ ।

 

प्रकाशित: Jun 30, 2023| 19:09 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्