शनिबार, साउन २४, २०८२

नाडा प्रतिनिधिमण्डल र भन्सार महानिर्देशकबीच छलफल

 |  शुक्रबार, असार १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

vianetvianet

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का प्रतिनिधिमण्डल र भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलको भेटवार्ता भएको छ।

शुक्रबार नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको टोलीले पौडेलसँग भेट गरी वीरगञ्ज भन्सार कार्यालय, पर्साले आगामी साउन १ गतेपछि पैठारी हुने तयारी मालवस्तु बजारमा बिक्रीवितरणका लागि पठाउनु अघि त्यस्ता त्यसको प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण भएको लेवल लगाएर मात्र पठाउनुपर्ने भन्ने विषयमा जारी गरेको सूचनालगायत व्यवसायीहरुलाई भन्सारमा परेको समस्याका बारेमा विस्तृत छलफल गरेको छ।

उक्त छलफलमा नाडाका अध्यक्ष थापाले सो सम्बन्धमा जिज्ञासा राख्दै सो सूचनामा उल्लेखित विषय कुन क्षेत्रमा लागू गर्ने भनिएको हो प्रष्ट नभएको र अटोमोबाइल स्पेयर पार्टसका कतिपय वस्तुमा यस्तो व्यवस्था लागू गर्न कठिनाइ हुने भनाइ राखे।

त्यसैगरी सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले त्यसको कार्यान्वयमा आउने व्यावहारिक समस्या र अपठयाराहरु बारे जिज्ञासा राखे। छलफलमा महानिर्देशक पौडेलले विदेशबाट धेरै नक्कली सामान पैठारी भई आउने भएकोले वैध व्यवसायलाई प्रोत्साहित गर्न र तस्करी र चोरी पैठारीलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गर्न लागेको जानकारी दिँदै अटोमोबाइल स्पेयर पार्टसको आयातमा पनि यो व्यवस्था लागू हुने बताए । साथै उनले अटोमोबाइल स्पेयर पार्टसका केही वस्तुमा यस्तो व्यवस्था गर्न कठिनाइ हुने भए पनि यस सम्बन्धमा विभागले छिट्टै कार्यविधिसमेत ल्याउन लागेको जानकारी दिए।

महानिर्देशक पाडैलले यसको सम्पूर्ण व्यवस्थापन स्वयं पैठारीकर्ता र डिलरले गर्नुपर्ने भएकोले साधारण खुद्रा व्यवसायीलाई कुनै अप्ठेरो र झन्झट पनि नहुने कुरा प्रष्ट पारे। विभागका उपमहानिर्देशकद्वय सेवन्तक पोखरेल र रमेश अर्यालसमेतको उपस्थिति रहेको सो छलफलमा नाडाका सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल र केन्द्रीय कार्य समिति सदस्य प्रकाश कपुरीको उपस्थिति रहेको थियो।

Metro Mart

 

प्रकाशित: Jun 30, 2023| 19:08 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्