मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • उत्तर भारतमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, २ गम्भीर घाइते

उत्तर भारतमा सडक दुर्घटनामा ६ जनाको मृत्यु, २ गम्भीर घाइते

 |  शुक्रबार, असार १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

नयाँ दिल्ली- भारतको उत्तरी राज्य उत्तर प्रदेशमा शुक्रबार सडक छेउमा पार्क गरिएको ट्रकसँग कार ठोक्किँदा ६ जनाको मृत्यु भएको छ। यससँगै उक्त दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन । 
    
राज्यको बाँदा जिल्लामा आठ जना यात्रु बोकेको कारले ट्रकलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको बाँदाका जिल्ला अधिकारी दुर्गा शक्ति नागपालले जानकारी दिएका छन्। 

पाँच जनाको घटनास्थलमै ज्यान गएको थियो भने तीनजनालाई सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। उपचारका क्रममा एक जनाको मृत्यु भएको थियो।

बाँकी दुई घाइतेको अवस्था अहिले गम्भीर रहेको र सरकारी अस्पतालमा सारिएको अधिकारीले बताएका छन्।

प्रकाशित: Jun 30, 2023| 19:40 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्