शुक्रबार, पुस ४, २०८२

फ्रान्समा एकै रात ६६७ जना पक्राउ

 |  शुक्रबार, असार १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

पेरिस- प्रहरीको नियन्त्रणमा रहेका एक जना किशोरको हत्यापछि भड्किएको हिंसाको तेस्रो  दिनपछि एकै रातमा फ्रान्समा ६६७ जनालाई पक्राउ गरिएको छ। गृहमन्त्री गेराल्ड डार्मानिनले जनाएअनुसार फ्रान्सेली सुरक्षा बलले आन्दोदनरत व्यक्तिहरूको ठूलो सङ्ख्यलाई पक्राउ गरेको हो। 

National life

'हिजो राति प्रहरी र अग्निनियन्त्रकहरूले फेरि साहसपूर्वक अर्को ठूलो हिंसाको सामना गरे। मेरो निर्देशन अनुसार तिनीहरूले ६६७ जनालाई गिरफ्तार गरे,' गृहमन्त्री डार्मानिनले ट्विटरमा लेखेका छन्।

फ्रान्समा गत मंगलबार देखी भडकिएको दंगा अझै नियन्त्रणमा आउन सकेको छैन्। गत मंगलबार फ्रान्सको राजधानी पेरिसको उपनगर नान्तेरेमा १७ वर्षीय नाहेललाई प्रहरीले ट्राफिक सिग्नलमा रोक्न नसके पछि गोली हानी हत्या गरे पछि फ्रान्समा दंगा भडकिएको हो। गोली चलाउने अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

सो घटनापछि फ्रान्समा हिंसा जारी छ। बुधवार अबेरदेखि पेरिसको सडकमा सयौं मानिसले प्रदर्शन गरिरहेका छन्। बीबीसीका अनुसार प्रदर्शनकारीहरूले धेरै भवन र कारमा आगजनी गरेका छन् र प्रहरीमाथि घरेलु बमसमेत प्रहार गरेका छन।  फ्रान्सको आन्तरिक मन्त्रालयले सडकमा २ हजार प्रहरी तैनाथ गरेको छ। 

गत मंगलबार दुई पुलिस अधिकारीहरूले नान्तेरेको सडकमा पहेंलो कार रोके। झगडाका क्रममा प्रहरी अधिकृतले पेस्तोल निकालेर चालक नाहेलको टाउकोमा गोली हानेका थिए। चालकले कारलाई तीव्रता दिएका थिए जुन केही टाढा गएपछि दुर्घटनामा परेको थियो। उनको घटनास्थलमै मृत्यु भयो।

Laxmi sunrise bank
kumari

सो घटनालालाई फ्रान्सका राष्ट्रपतिले आकस्मिक बैठक बोलाएका छन्। म्याक्रोनले भने, ‘यो घटनाले सिंगो देश स्तब्ध भएको छ। यसरी युवाको हत्यालाई कुनै तर्कले औचित्य दिँदैन।’

फ्रान्सका सांसदहरूले बुधबार राष्ट्रिय सभामा एक मिनेट मौन धारण गरेका थिए। प्रधानमन्त्री एलिजाबेथ बोर्नले भनिन्, ‘गोलीबारीको यो घटना स्पष्ट रूपमा नियमको उल्लङ्घन हो।’

पीडित परिवारले घटनामा संलग्न अधिकारीविरुद्ध ज्यान मार्ने, सहयोग र दुव्र्यवहार गरेको आरोपमा उजुरी दिएका छन्।

प्रकाशित: Jun 30, 2023| 18:55 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्