शुक्रबार, असार ५, २०८३

ललिता निवास प्रकरणमा समातिएका तीन आरोपी अस्पताल भर्ना

 |  शुक्रबार, असार १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

काठमाडौं- सरकारी लिखत तथा कागजात कीर्ते गरेर बालुवाटारस्थित ललिता निवासको जग्गा हडपिएको आरोपमा पक्राउ परेका चार जनामध्ये तीन जना अस्पताल भर्ना भएका छन्।

National life

भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङसहित निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र र मालपोत कार्यालय डिल्लीबजारका पूर्वप्रमुख धर्मप्रसाद गौतम अस्पताल भर्ना भएका हुन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार  १२ असारमा पक्राउ परेलगत्तै उनीहरुले स्वास्थ्य समस्या देखाएका थिए। म्याद थपका लागि अदालत लैजाँदा पनि उनीहरुले हातमा क्यानुला लगाएको देखिएको थियो। सीआईबीले पक्राउ गरेका ७ जनामध्ये कलाधर देउजा, सुरेन्द्रमान कपाली र भुपेन्द्रमणि केसी सर्वोच्च अदालतको निषेधाज्ञाको आदेश देखाएर त्यसैदिन छुटेका थिए। तीन जना अस्पताल भर्ना भएपछि अब गोपाल कार्कीमात्रै सीआईबीको हिरासतमा छन्।

अस्पतालमा बसेका तीन जनाले आफूहरुलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनसमेत दिएका छन्। निवेदनमाथि सुनुवाइ गर्दै आज सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ।

प्रकाशित: Jun 30, 2023| 17:57 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्