मंगलबार, चैत १७, २०८२

महिला फुटबल टोलीलाई सम्मान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

काठमाडौं- मित्र राष्ट्र भुटानको थिम्पुमा भएको साफ यु-१८ च्याम्पियनसिपमा उपविजेता नेपाली महिला फुटबल टोलीलाई शुक्रबार एक कार्यक्रमविच एन्फाले नगद सहित सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले खेलाडीहरुलाई एन्फाद्वारा प्रदान गरिएको जनही नगद ५० हजार प्रदान गरे ।

लाडीहरुलाई पुरस्कार प्रदान गर्दै सदस्य सचिव बिष्टले नेपाली चेलीहरुलो राष्ट्रको नाम उच्च राख्न जुन कार्य गरेका छन् त्यो अविस्मरणिय भएको भन्दै खेलाडीहरुले यस कार्यलाई आगामी दिनमा पनि निरन्तरता प्रदान गर्ने विश्वास व्यक्त गरे । 


उनले राष्ट्रको आधिकारीक झण्डा बोक्ने अधिकार खेलाडीलाई मात्र भएको भन्दै एन्फाबाट प्रतिवेदन प्राप्त भए पश्चात राष्ट्रको तर्फबाट पनि सम्मानको लागि पहल गर्ने बताए । बिष्टले खेलकुद बिकासका लागि राष्ट्रिय खेलकुद परिषद जहिले पनि साथ साथ अगाडी बढ्ने बताए ।

सेप्टेम्बर २८ देखि अक्टोबर ७ सम्म भएको साफ यु-१८ च्याम्पियनसिपमा नेपाली महिला टोलीले फाईनलमा बंगलादेशसँग १-० गोलले पराजित भएको थियो । सोही महिला फुटबल टोलीले थाईल्याण्डमा भएको एफसी यु-१९ को पहिलो चरणको छनोट पार गर्दै ईतिहास रच्न सफल भएको छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।