एजेन्सी- लेस्टर सिटीका प्रशिक्षक क्लाउड पुएलले आफुहरुका लागि रिजल्ट नै महत्वपुर्ण नभएको बताएका छन् । लेस्टरका मालिकको निधन भए यता क्लवको यो पहिलो खेल हो । हेलिकप्टेर दर्घटनामा लेस्टरका मालिक बिचई श्रीबन्धनाप्रभा र उनका दुई कर्मचारी, पाईलट र एक यात्रीको मृत्यु भएको थियो ।
यो प्रिमियर लिगको कार्डिफ बिरुद्धको खेलसंगै अघि बड्ने खेलाडीको निर्णय थियो । फुटबल खेल्दा यो साता भरी उनी हाम्रो अगाडी र दिमागमा रहिरहने छन् । पुएलले भने, ‘यो साता भरी र आउने सबै खेलहरु एक जना मानिसलाई सम्मान गर्दै खेल्ने छौ । जस्ले हाम्रो क्लवको लागि धैरै कुराहरु गरे ।’
‘रिजल्ट महत्वपुर्ण होईन, हामिले हाम्रो अध्यक्षलाई सम्मान गर्न राम्रो खेल पर्दशन गर्ने छौ । मैले खेलाडीलाई दिएको प्रशिक्षण अनुशार उनिहरुले उत्कृट पदर्शन गर्ने छन् । खेलाडीहरुले जति खेल्न सक्छन् खेलुन उनिहरुको इच्छा अनुशार । चाहे तिनिहरुले तयारी गरेर खेलुन या नगरेर,’ पुएलले भने ।
‘मैले अच्चम मानेको थिएन । तर, ज्यादै राम्रो महशुस थियो जतिबेल मेरा सबै देलाडीलाई तयारीका लागि मैदानमा देखे । उनिहरुले राम्रोसँग तयारी गरेका छन् । उनिहरुले हाम्रो अध्यक्षको सम्मानको लागि सत्प्रतिशत राम्रो खेल प्रदर्शन गर्ने छन् ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४