शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ललिता निवास प्रकरणः सर्वोच्चबाट थुनामुक्त रिटको मुद्दामा कारण देखाऊ आदेश जारी

ललिता निवास प्रकरणः सर्वोच्चबाट थुनामुक्त रिटको मुद्दामा कारण देखाऊ आदेश जारी

सर्वोच्चका न्यायाधीश कुमार चुडालको इजलासबाट जेल नबस्न माग गरी सर्वोच्चमा निवेदन दिएका तीनै जनाको रिटमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी भएको हो।
 |  शुक्रबार, असार १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

काठमाडौं– बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनामा पक्राउ परेका भाटभटेनी सुपरस्टोरका मालिकसहित तीन जनाको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।

National life

शुक्रबार न्यायाधीश कुमार चुडालको इजलासले जेल नबस्न माग गरी सर्वोच्चमा निवेदन दिएका तीनै जनाको रिटमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी भएको हो।

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङ, सुधीर शाह र धर्मप्रसाद गौतमले हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको दाबीसहित हिरासतमुक्त गर्न मागसहित दर्ता गरेको मुद्दामा सर्वोच्चले गृह मन्त्रालयलाई कारण देखाऊ आदेश जारी गरेको हो।

बालुवाटारको सरकारी जग्गा खाने भाटभटेनी सुपरस्टोरका सञ्चालक  गुरुङ, पूर्वनिर्वाचन आयुक्त शाह र मालपोतका पूर्वकर्मचारी गौतमले रिहाइ माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। 

उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत मंगलबार पक्राउ गरेको थियो। बुधबार जिल्ला अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। हिरासतमै राखेर अनुसन्धान हुने भएपछि उनीहरु रिहा गर्न माग गर्दै सर्वोच्च पुगेका थिए। 

Shivam cement

सोही मुद्दामा अख्तियारले प्रतिवादी बनाएका १७ जनाले सर्वोच्चबाट पक्राउ नगर्न अन्तरिम आदेश लिएपछि यसैलाई आधार बनाउँदै अन्यले पनि रिहाइ मागेका हुन्। 

सर्वोच्चकै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले गत वर्षको १९ साउनमा उनीहरुलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो। यीमध्ये तीन जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो। तर सर्वोच्चको आदेश पेस गरेपछि त्यसै दिन छाडिएको थियो। 

पक्राउ परेकामध्ये कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसीलाई कागज गरेर छाडिएको छ। २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो।

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चारमध्ये तीन जना बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वाेच्च पुगेका हु्न्। यसअघि अख्तियारले भ्रष्टाचारको कसुरमा आरोपपत्र दायर गरे पनि विशेष अदालतबाट उनीहरु धरौटीमा रिहा भएका थिए।

अहिले प्रहरीले ठगी र सरकारी कागजात कीर्तेको कसुरमा मुद्दा चलाउने तयारी गरेको हो। सिआईबीले आजै मात्र अख्तियारका पूर्वआयुक्त दीप बस्न्यातलाई पनि ललिता निवास जग्गा घोटालामा पक्राउ पुर्जी जारी गरेको छ।

प्रकाशित: Jun 30, 2023| 15:26 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्