शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • आदिवासी जनजातिका संस्कृति संरक्षण राज्यकै दायित्वः सभापति देउवा

आदिवासी जनजातिका संस्कृति संरक्षण राज्यकै दायित्वः सभापति देउवा

आदिवासी जनजातिको भाषा र संस्कृति संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने देउवा दाबी।
 |  शुक्रबार, असार १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

काठमाडौं– कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विभिन्न भाषा र संस्कृति संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन्। आदिवासी जनजातिका भाषा र संस्कृतिलाई पर्यटनको मुख्य आधार बनाउनसमेत सकिने उनले औंल्याए।

National life

शुक्रबार पार्टी मुख्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले आदिवासी जनजातिको भाषा र संस्कृति संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने बताएका हुन्।

उनले कांग्रेसले चाहेर पनि विभिन्न कारणले आदिवासी जनजातिको सहभागिता सबै क्षेत्रमा सन्तोषजनक नरहेको स्वीकारे। ‘आदिवासी जनजातिको भाषा र संस्कृति संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने हो। पर्यटनको मुख्य आधार पनि यही बन्न सक्छ। हामीले चाहेर पनि विभिन्न कारणले आदिवासी जनजातिको सहभागिता विभिन्न क्षेत्रमा अझै सन्तोषजनक छैन,’ देउवाले भने।

आदिवासी जनजातिको सहभागिता बढ्दा कांग्रेस झनै बलियो र प्रभावशाली बन्ने उनको धारणा छ।

प्रकाशित: Jun 30, 2023| 15:12 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्