शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ओखलढुंगामा विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त

ओखलढुंगामा विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त

 |  शुक्रबार, असार १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

ओखलढुंगा- विषालु च्याउ खाँदा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ। बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो। च्याउ खाँदा कल्पनाका श्रीमान् पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन्। 

National life

यही असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा दुवै जना बिरामी परेका थिए। जङ्गली च्याउ खाएर गम्भीर बिरामी परेका दम्पतीलाई उपचारका लागि नभएपछि काठमाडौँको टिचिङ अस्पताल पठाइएको थियो। 

अस्पतालमा उपचाररत श्रीमती शर्माको बिहीबार राति मृत्यु भएको र श्रीमान् पर्शुराम खतिवडाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए। जिल्लामा वर्षाको समयमा च्याउ जताततै उम्रिने गरेको छ। 

खेतबारी र जङ्गलमा उम्रिने विभिन्न प्रकारको च्याउमध्ये विषालु च्याउ छुट्याउन नसक्दा त्यस्तो च्याउ खाएकै कारण बिरामी पर्ने र मृत्युसमेत हुने गरेको छ। गत वर्ष जिल्लाको चम्पादेवीमा दुई जनाको जङ्गली च्याउ सेवन गरेकै कारण मृत्यु भएको थियो। 

प्रकाशित: Jun 30, 2023| 14:52 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्