बुधबार, वैशाख ३०, २०८३

राहदानी लिनेको संख्या हालसम्मकै उच्च

जेठमा नयाँ राहदानी लिनेको संख्या करिब डेढ लाख पुगेको राहदानी विभागको तथ्यांक। 
 |  शुक्रबार, असार १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

काठमाडौं– पछिल्लो समय नयाँ राहदानी लिनेहरूको संख्या बढ्दै गएको राहदानी विभागले जनाएको छ। विभागका अनुसार गतको जेठमा मात्रै १ लाख ४७ हजार जनाले राहदानी लिएका थिए। यसमध्ये ६३ प्रतिशतले नयाँ राहदानी लिएका छन् भने बाँकीले नवीकरण गराएका छन्।

National life

एकै महिनामा १ लाख ४७ हजारले राहदानी लिएको हालसम्मकै उच्च भएको राहदानी विभागका प्रवक्ता तथा निर्देशक दुरपदा सापकोटाले जानकारी दिए।

उनका अनुसार गत चैतमा १ लाख ४२ हजारले तथा वैशाखमा १ लाख २५ हजारले राहदानी लिएका थिए। यसमा राहदानी नवीकरण गर्ने र नयाँ राहदानी लिने दुवैको संख्या समावेश गरिएको छ।

प्रत्येक १० वर्षमा राहदानी नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ। पछिल्लो समय राहदानी बनाउनेको संख्या अनुमानभन्दा बढी र नवीकरण गर्नेको संख्या कम भएको विभागले जनाएको छ।

६६ पृष्ठको राहदानी चार लाख प्रति छापिएकामा ५ हजार मात्रै प्रयोग भएको र बाँकी मौज्दात रहेकाले त्यसलाई समेत साधारणसरह वितरण गर्न थालिएको विभागले जनाएको छ।

प्रकाशित: Jun 30, 2023| 13:25 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्