शनिबार, साउन २४, २०८२

राहदानी लिनेको संख्या हालसम्मकै उच्च

जेठमा नयाँ राहदानी लिनेको संख्या करिब डेढ लाख पुगेको राहदानी विभागको तथ्यांक। 
 |  शुक्रबार, असार १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

vianetvianet

काठमाडौं– पछिल्लो समय नयाँ राहदानी लिनेहरूको संख्या बढ्दै गएको राहदानी विभागले जनाएको छ। विभागका अनुसार गतको जेठमा मात्रै १ लाख ४७ हजार जनाले राहदानी लिएका थिए। यसमध्ये ६३ प्रतिशतले नयाँ राहदानी लिएका छन् भने बाँकीले नवीकरण गराएका छन्।

एकै महिनामा १ लाख ४७ हजारले राहदानी लिएको हालसम्मकै उच्च भएको राहदानी विभागका प्रवक्ता तथा निर्देशक दुरपदा सापकोटाले जानकारी दिए।

उनका अनुसार गत चैतमा १ लाख ४२ हजारले तथा वैशाखमा १ लाख २५ हजारले राहदानी लिएका थिए। यसमा राहदानी नवीकरण गर्ने र नयाँ राहदानी लिने दुवैको संख्या समावेश गरिएको छ।

प्रत्येक १० वर्षमा राहदानी नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ। पछिल्लो समय राहदानी बनाउनेको संख्या अनुमानभन्दा बढी र नवीकरण गर्नेको संख्या कम भएको विभागले जनाएको छ।

६६ पृष्ठको राहदानी चार लाख प्रति छापिएकामा ५ हजार मात्रै प्रयोग भएको र बाँकी मौज्दात रहेकाले त्यसलाई समेत साधारणसरह वितरण गर्न थालिएको विभागले जनाएको छ।

Metro Mart

प्रकाशित: Jun 30, 2023| 13:25 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्