मंगलबार, चैत १७, २०८२

नेयमारविरुद्ध ६ वर्ष जेल सजायको माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

मड्रिड (एजेन्सी)- ब्राजिल तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का स्टार खेलाडी नेइमारलाई जेल सजाय हुन सक्ने खतरा बढेको छ । सन् २०१३ मा सान्तोष क्लबबाट बार्सिलोना सरुवा भएका नेइमारले त्यसबेला करछली र भ्रष्टाचार गरेको आरोप लागेको छ । स्पेनिस न्यायाधीशका अनुसार यदि त्यो मुद्दामा नेइमार दोषी ठहरीए उनलाई ६ वर्ष जेल सजाय हुनेछ ।

स्पेनको कानुनअनुसार २ वर्ष वा सोभन्दा कम जेल सजाय हुँदा जेल नगई सजायबापत आर्थिक जरिमाना तिरेर बाहिर बस्न पाइन्छ । तर, नेइमारको हकमा ६ वर्ष जेल सजाय माग गरिएको छ । र, उक्त मुद्दामा नेइमार दोषी ठहर भए उनले जेल नै बस्नुपर्ने हुन्छ ।

सन् २०१७ मा विश्वकै सबैभन्दा महँगो खेलाडी बन्दै २ सय २२ मिलियन युरोमा पीएसजी पुगेका नेयमारसँगै क्लब बार्सिलोनामाथि पनि कडा कारबाही हुनेछ । जिलियन इन्भेस्टमेन्ट फर्म डिआइएसले नेइमार बार्सिलोना जाँदाखेरिको सम्झौताविरुद्ध उजुरी गरेको छ । 

सो कम्पनीले सम्झौताको वास्तविक रकम लुकाएर आफूहरूलाई ज्यादै कम मात्रै रकम दिएको आरोप लगाएको छ । यो दाबी गरिएको छ कि, ८.६२ करोड युरोमा नेइमार बार्सिलोनामा सरुवा भए पनि त्यसबेला क्बल बार्सिलोनाले मात्र ४ करोडमा सम्झौता भन्दै नक्कली कागजात देखाएको थियो ।

सो मुद्दामा कम्पनीले नेइमार, उनका बुबा, बार्सिलोना क्लब र अध्यक्ष जोसेप मारिया बार्टोमेउ तथा पूर्वअध्यक्ष सान्ड्रो रसलविरुद्ध मुद्दा दर्ता गराएको छ । स्पेनको अदालतले नेइमारको पुरानो मुद्दालाई ३ जना न्यायाधीशले हेर्ने गरी ठूलो बेन्चमा पठाउने फैसलासमेत गरेको छ ।

अब स्पेनको अदालतले नेइमारको मुद्दालाई सिनियर बेन्चमा पठाए पनि छानबिन र सुनुवाई कहिलेबाट हुन्छ भन्ने बताइएको छैन । यता, नेइमारले भने हालसम्म यसबारे मुख खोलेका छैनन् । यही प्रकरणलाई लिएर सन् २०१४ मा रसलले क्लबको अध्यक्ष पद नै त्याग्नु परेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।