बुधबार, वैशाख ३०, २०८३

चितवनमा एमाले अध्यक्ष ओलीले रोपे धान

२०औं राष्ट्रिय धान दिवस अवसरमा ओलीले चितवनको केरुंगा तरकारी सामूहिक खेतीको आयोजनामा धान रोपाइँ गरेका हुन्।
 |  शुक्रबार, असार १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

काठमाडौं–धान दिवस अवसरमा रोपाइँ महोत्सवमा भाग लिन काठमाडौंबाट चितवन पुगेका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले चितवनको जगतपुरमा धान रोपेका छन्।

National life

२०औं राष्ट्रिय धान दिवस अवसरमा ओलीले चितवनको केरुंगा तरकारी सामूहिक खेतीको आयोजनामा धान रोपाइँ गरेका हुन्।

रोपाइँ मेसिनमा चढेर कृषिमन्त्री भुसालले रोपे धान

सहरमा अन्न उब्जनी थलो घट्दै गएको र क्रंकिटका महल ठडिँदै गएको अवस्थामा १५ असारको धान दिवस अर्थात् रोपाइँ महोत्सव पनि औपचारिकतामा मात्रै सीमित हुँदै आएको छ। आज कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले सुरुमा हात र पछि राइस ट्रान्सप्लानरबाट धान रोपेर महोत्सव उद्घाटन गरे। 

२०औं राष्ट्रिय धान दिवस अवसरमा कृषि विभागको आयोजनामा राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यालय खुमलटारमा आयोजित रोपाइँमा मन्त्री भुसालले धान रोपेका हुन्। मन्त्रीसँगै विभागका कर्मचारी, स्थानीय पनि रोपाइँमा सरिक थिए। 

१ बिघा जमिनमा २० मिनेटमा रोपाइँ गर्न सकिने मेसिनमा चढेर मन्त्री भुसालले धान रोपे। साढे २ रोपनी जग्गामा खुमल १० नामक धान रोपाइँ भएको राष्ट्रिय बाली विकास केन्द्रका प्रमुख वरिष्ठ बाली विज्ञ टीका कार्कीले बताए।

यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ नारासहित राष्ट्रिय धान दिवस अर्थात् रोपाइँ महोत्सवका विभिन्न कार्यक्रम गरिँदै छ।

प्रकाशित: Jun 30, 2023| 11:31 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्