शुक्रबार, असार ५, २०८३

कान्ति लोकपथ पहिरोले अवरुद्ध

 |  शुक्रबार, असार १५, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १५, २०८०

काठमाडौं–हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित वाग्मतीको पुलनजिकै आज बिहान पहिरो जाँदा काठमाडौं–हेटौँडाको यातायात अवरुद्ध भएको छ।

National life

मकवानपुरको सिमानाबाट करिब दुई किलोमिटर उत्तरतर्फ वाग्मती पुलनजिकै गएको पहिरो मौसममा सुधार आएपछि मात्र हटाउन सकिने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।

यता, हेटौँडाबाट काठमाडौंका लागि प्रस्थान गरेका हल्का सवारीसाधनलाई ठिंगन प्रहरीले रोकेको छ। चितवनको मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएपछि काठमाडौंबाट चितवनतर्फ गुडेका सबै सवारीसाधन त्रिभुवन राजपथतर्फ फर्काइएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए।

यसैगरी, पश्चिमबाट आएका सवारीसाधन हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै काठमाडौंतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ 

यस्तै, मकवानपुरस्थित त्रिभुवन राजपथ, पूर्वपश्चिम राजमार्ग, भीमफेदी–कुलेखानी सडकखण्डको फाखेल र सिस्नेरी तथा चित्लाङ–थानकोट सडकमा पनि सवारीसाधन सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। रासस

Shivam cement

प्रकाशित: Jun 30, 2023| 09:54 शुक्रबार, असार १५, २०८०
प्रतिक्रिया दिनुहोस्