शुक्रबार, असार ५, २०८३

बाजुराको पीपलडालीमा जिप दुर्घटना हुँदा ७ जना घाइते

 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

बाजुरा- बाजुराको बूढीनन्दा नगरपालिका–१ पीपलडालीमा जिप दुर्घटना भएको छ। जीप दुर्घटना हुँदा जना भने घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

National life

आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप दुर्घटनामा परेको हो। सडक छेउमा साइड दिने क्रममा जीप दुर्घटनामा परेको इलाका प्रहरीले जनाएको छ।

जिप दुर्घटनामा परी मुगुको खत्याड गाउँपालिका–९ का १४ वर्षीय असल परियार घाइते भएको र सोही वडाका ३० वर्षीय पुन्न सार्की, ३० वषकै अर्का एक जना नन्दकृष्ण सार्की, ४९ वर्षका कृष्णबहादुर सार्की र हिमाली गाउँपालिका–४ का वर्ष ३५ का छम्मा सुनार, वडा नं ६ का वर्ष १८ का मानबहादुर सार्की सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक कविन्द्रिसं बोहराले बताए।

घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको छ। दुर्घटनामा परेका सवार व्यक्तिको ढाड, कम्मर, आँखा, नाकमा चोट लागेको छ। दश जना यात्रु लिएर कोल्टीबाट धुलाचौरका लागि छुटेको जिप दिउँसो १ः३० बजे सडकबाट तल खसेको प्रहरीले जनाएको छ।
 

प्रकाशित: Jun 29, 2023| 21:02 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्