मंगलबार, साउन २६, २०८३

हुम्लाका ४२ घरधुरीलाई निःशुल्क सोलर बत्ती वितरण

 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

काठमाडौं- हुम्लाको सिमकोट गाउँपालिका–३ मा रहेका ४२ घरधुरीलाई निःशुल्क सोलर बत्ती वितरण गरिएको छ। वडा नं ३ को लिमाटाङ, टल्की र गुम्बा गाउँका विपन्न घरधुरीलाई सोलार वितरण गरिएको हो। अन्धकारमा कोही रात कटाउन नपरोस् भनेर बत्तीको पहुँच नपुगेका घरपरिवारले सजिलै उज्यालो बत्ती पाउन सकून भन्नका लागि सोलार सहयोग गरिएको हो।

विद्युतीय ऊर्जाको अभावमा लामो समयदेखि समस्या झेलिरहेका विपन्न नागरिकले सोलार पाएपछि खुसी भएका छन्। हुम्ला अहिलेसम्म पनि केन्द्रीय प्रसारण लाइनमा जोडिन सकेको छैन। लिमाटाङ गाउँमै पुगेर सोलार वितरण गरिएको हो।
दुई वटा बल्व, एउटा सोलार पाता, व्याट्रीसहित सोलार बत्ती वितरण गरिएको हो।तेस्रो ध्रुव संरक्षण परियोजना उकालीको आयोजनाका साथै संयुक्त राष्ट्र विकास कार्यक्रमको विश्व अमेरिकी गैरसरकारी संस्था र जीईएफ स्मल ग्रान्ड फन्ड (एसजीपी) यूएनडीपी, सिमकोट गाउँपालिका आर्थिक सहयोगका साथै क्यानडामा रहेका पेमा लामाको व्यतिगत आर्थिक सहयोगमा सोलार सहयोग गरिएको हो।

सोलार वितरण कार्यक्रममा लिमाटाङ गाउँमै पुगेर सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी ‘प्रतिरोध’, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल, वडा नं ३ का वडाध्यक्ष पामा लामालगायत सहयोगी संस्थाका पदाधिकारीको उपस्थिति थियो।

प्रकाशित: Jun 29, 2023| 22:41 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्