शुक्रबार, पुस ४, २०८२

पुटिन कमजोर हुनु थप खतरा : ईयू कूटनीतिज्ञ बोरेल

 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

ब्रसेल्स- युरोपेली संघ (ईयू) का शीर्ष कूटनीतिज्ञले वाग्नरको विद्रोहले दशकौं यताकै सबैभन्दा ठूलो राजनीतिक संकट निम्त्याएपछि कमजोर बनेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘भयानक खतरा’ निम्त्याउन सक्ने चेतावनी दिएका छन्।

National life

'पुटिन कमजोर हुनुले थप खतरा निम्त्याएको छ। त्यसैले हामीले यसको परिणामबारे धेरै सजग हुनुपर्छ,' ब्रसेल्समा इयू नेताहरूको भेलाअघि जोसेप बोरेलले भने।  

'अहिलेसम्म हामी रूसलाई खतराको रूपमा हेरिरहेका थियौं किनभने यो धेरै बलियो थियो र युक्रेनमा बल प्रयोग गरिएको छ। अब हामीले आन्तरिक अस्थिरताका कारण रूसलाई जोखिमकारूपमा हेर्नुपर्छ,' बोरेलले भने। 

सन् १९९९ मा वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले विद्रोहको नेतृत्व गरेपछि पुटिनले सन् १९९९ मा सत्तामा आएयताको सबैभन्दा ठूलो चुनौतीको सामना गर्नुपरेको थियो।

यसैबीच, ईयू प्रमुख उर्सुला भोन डेर लेयेनल भन्नुभयो, 'विद्रोहले ‘पराकम्पन’ निम्त्याउने बताउँदै’युक्रेनको सैन्य क्षमता होस् वा आर्थिक सहयोग, हामीले युक्रेनको लागि समर्थन दोब्बर पार्नु महत्वपूर्ण छ।' 

Laxmi sunrise bank
kumari

नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार इयूका नेताहरूसँग मध्याह्न भोजन गर्ने क्रममा वाग्नरको कार्यले रूसको ‘राजनीतिक सङ्कट र विभाजन’ उजागर भएको बताए। 

तर उनले कुनै पनि अन्तिम निष्कर्षमा पुग्न हतार हुने चेतावनी दिएका छन्।  स्टोलटेनबर्गले आगामी महिना भिल्नियसमा हुने नेटोको बैठकमा युक्रेनलाई सैन्य सहयोग गर्ने नयाँ घोषणा हुने अपेक्षा गरेको बताए।

युरोपले ‘युद्धको समयमा र पछि’ युक्रेनलाई समर्थन गर्दै लामो यात्रा’ का लागि युक्रेनलाई सहयोग गर्नुपर्ने भन्दै बोरेलले ‘युक्रेनी रक्षा कोष’ सिफारिस गरेको थियो। उनले उक्त कोषले युक्रेनी सेनाको आधुनिकीकरणमा सहयोग पुर्‍याउने र युद्धग्रस्त देशको सुरक्षा सुनिश्चित गर्न इयूको प्रतिबद्धता रहेको बताए। 

लिथुवानियाका राष्ट्रपति गीतानास वाउसेदाले रूसी खतराको सामना गर्न ‘निर्णायक’ कदम चाल्न आह्वान गर्दै बोरेलको भावनालाई प्रतिध्वनित गरेको थियो। 

वाउसेदाले भने, 'रुसको राजनीतिक प्रणालीमा हुने कुनै पनि गतिविधिले हाम्रो सुरक्षामा असर पार्छ भन्ने कुरामा हामी सचेत हुनुपर्छ तर शक्तिशाली पुटिन कमजोर पुटिनभन्दा कम खतरनाक थिए भन्ने भनाइप्रति मेरो सहमति छैन।'

प्रकाशित: Jun 29, 2023| 20:22 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्