मंगलबार, चैत १७, २०८२

पीपीएल : बुटवलविरुद्ध काठमाडौं ३७ रनले विजय

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

पोखरा- पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेटमा काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई पराजित गरेको छ । शुक्रबार भएको खेलमा काठमाडौंले बुटवललाई ३७ रनले पराजित गरेको हो ।

काठमाडौंले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ३५ रन मात्र बनाउन सक्यो । बुटवलका लागि रोहन मुस्तफाले ६१ रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै सिद्दान्त लोहनीले १३, भिम सार्कीले १२ तथा चिराग सुरीले ११ रन जोडे । 

काठमाडौंका अमर सिंह रौटेलाले ३ विकेट लिए । त्यस्तै नन्दन यादव र बसन्त रेग्मीले समान २-२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । 


काठमाडौंका लागि नरेश बुढाएरले ५८ अर्धशतकीय इनिङस खेले । उनले २८ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका थिए । यस्तै कप्तान ज्ञानेन्द्र २५ रनमा अविजित रहे । 

त्यस्तै जयकिशन कोल्शावालाले ४५, पवन सर्राफले २२ तथा गौरव तोमारले ११ रन जोडे । बुटवलका लागि विपिन खत्रीले २ विकेट लिए । सांसद शेख र रोहन मुस्तफाले १-१ विकेट लिए । 

जितसँगै काठमाडौंले प्ले अफमा पुग्ने सम्भावना कायम राखेको छ । काठमाडौंले ४ खेलबाट ६ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ । अब अन्तिम खेलमा काठमाडौंले शनिबार पोखरा पल्टनसँग खेल्नेछ । 

यता, बुटवलले तेस्रो हार व्यहोरेको छ । बुटवलले ५ खेलबाट ४ अंक जोडेको छ । बुटवलको पनि प्ले अफ सम्भवना कायम छ । तर, बुटवलको प्ले अफ यात्रा अन्तिम दिनको खेलले तय गर्नेछ । प्रतियोगिताको शीर्ष टिम सिधै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रोले एलिमिनेटर खेल्नेछ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।