बिहीबार, असार ५, २०८२

हिमालसँग संघर्ष गर्ने बालबालिकाको वृत्तचित्र प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
काठमाडौं-विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल वृत्तचित्र चिल्ड्रेन अफ द स्नोल्याण्ड बिहीबार काठमाडौंमा प्रर्दशन गरिएको छ । 

हिमाली क्षेत्रको दुर्गम गाउँबाट काठमाडौंस्थित स्नोल्याण्ड रनङ् लाइट अफ एडुकेसन स्कुलमा निःशुल्क अध्ययन गरेका बालबालिका आफ्नो घर गाउँ छाडेको १० वर्षपछि परिवारसँग भेट्न पाउँदाको खुशी र उनीहरुले गरेको संघर्षलाई वृत्तचित्रले समेटेको छ ।

एक घण्टा ३० मिनेट लामो वृत्तचित्रको विशेष प्रदर्शनीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले जय नेपाल सिनेमा हलमा उद्घाटन गर्नु भएको थियो । उपराष्ट्रपति पुनलाई विद्यालयका सञ्चालक एवं गुरु रिम्पोछे डोल्पो बुद्धले स्वागत गर्नु भएको थियो । विद्यालयका सञ्चालक एवं गुरु रिम्पोछे डोल्पो बुद्धले गुणस्तरीय शिक्षा प्राप्त गर्नबाट वञ्चित दुर्गम हिमाली क्षेत्रका बालबालिकालाई निःशुल्क शिक्षा दिन पाउँदा आफुले ठूलो धर्म कमाएको अनुभुति गरेको बताए ।

सोलुखुम्बु, हुम्ला, जुम्ला, मुगु, डोल्पालगायत हिमाली जिल्लाका करिब दुई सय विद्यार्थी अध्ययनरत उक्त विद्यालयले डेनेसन संकलन अभियानलाई अघि बढाउने उद्देश्यले वृत्तचित्र प्रदर्शन गरेको वृत्तचित्र निर्माणमा संलग्न कम्पनी पर्फोमिङ आर्ट क्रिएसनका सञ्चालक एवं निर्देशक कमल एक्चै मगरले जानकारी दिए।

 यो वृत्तचित्रले हिमाली क्षेत्रको जीवनसँगै त्यहाँको भौगोलिक कठिनाइ र जीवन संघर्षलाई आम दर्शकमाझ प्रस्तुत गर्न सफल भएको निर्देशक एक्चै मगरले बताए । नेपाली र अंग्रेजी दुवै भाषा मिश्रित वृत्तचित्रले भ्यालेट्टा फिल्म फेस्टिबलमा बेस्ट अडियन्स, स्वीस माउण्टेन फिल्म फेस्टिबलमा बेस्ट फिल्म अवार्ड, नेपाल ह्युमन राइट्स इन्टरनेसनल फिल्म फेस्टिबलमा बेस्ट फिल्म, लण्डन इन्डिपेन्डेन्ट फिल्म फेस्टिबलमा बेस्ट डकुमेन्ट्री र लण्डन इन्डिपेन्डेन्ट फिल्म फेस्टिबलमा अफिसियल सेलेक्सनको अवार्ड जितेको छ।

पर्फोमिङ आर्ट क्रिएसन प्रालिको निर्माणमा बनेको वृत्तचित्रलाई जारा वुलफोरले निर्देशन गरेका हुन् । वृत्तचित्र निर्माणमा नेपालीका साथै विदेशी प्राविधिक टोलीले काम गरेको छ । वृत्तचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट युनिभर्सल प्रमाणपत्र प्राप्त गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्