मंगलबार, साउन २६, २०८३

सुख्खा पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

काठमाडौं- सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। आज दिउँसो सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ५ स्थित तीन नम्बर पुलमा सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको हो। पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारी साधन रोकिएका छन्।

अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। आज बिहान पनि सोही ठाउँमा पहिरो खस्दा सडकखण्ड एक घण्टा अवरुद्ध भएको थियो।

बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटकपटक पहिरो जाने र बाटो अवरुद्ध हुने गरेको छ। यो सडकखण्ड भएर दैनिक हजारौँ सवारी साधन अवतजावत गर्छन्।

प्रकाशित: Jun 29, 2023| 16:48 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्