शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मनाङबाहेक सबै जिल्लामा फैलियो लम्पी स्किन, २५ हजार बढी गाईभैंसी मरे

मनाङबाहेक सबै जिल्लामा फैलियो लम्पी स्किन, २५ हजार बढी गाईभैंसी मरे

 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

काठमाडौं- देशका ७६ वटा जिल्लामा गाईवस्तुमा लाग्ने रोग लम्पी स्किन फैलिएको छ। पशु सेवा विभागका अनुसार  मनाङबाहेक सबै जिल्लामा फैलिएको यो रोगबाट २५ हजार ४०८ गाईभैंसी मरेका छन्।

National life

हालसम्म यसबाट ६ लाख ८२ हजार ८० पशु संक्रमित भएकोमा ४ लाख ९ हजार १७५ निको भएका छन् भने २ लाख ४७ हजार ४९७ अहिले पनि संक्रमित छन्।

‘प्रभावित पशुको उपचारका लागि संघ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरिएको छ,’ विभागले भनेको छ, ‘खोप आपूर्तिका लागि आयात अनुमति प्रदान गरी हालसम्म ७ लाख ३७ हजार डोज खोप सातवटै प्रदेशका १ लाख ७२ हजार १२८ पशुमा लगाइएको छ।’ आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रत्येक स्थानीय तहमा यो महामारी नियन्त्रणका लागि संघीय सशर्त अनुदानअन्तर्गत १ लाखका दरले रकम विनियोजन गरिएको छ।

नेपालमा पहिलो पटक २०७७ असारमा मोरङको सुन्दरहरैचा नगरपालिकाका गाईगोरुमा रोग देखा परेको विभागले जनाएको छ। यो रोगबाट हाल कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र कोशी प्रदेशका पहाडी क्षेत्रका पशु बढी प्रभावित भएका छन्। यो रोग लागेका पशुमा उच्च ज्वरो आउने, दूध उत्पादन घट्ने, छालामा गिर्खा देखिने, र्‍याल सिँगान बग्नेजस्ता लक्षण देखा पर्छन्।

प्रकाशित: Jun 29, 2023| 16:11 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्