शुक्रबार, साउन २३, २०८२

फोनपेमा नमस्ते पे पनि आबद्ध

 |  बिहीबार, असार १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

vianetvianet

काठमाडौं- नेपालको भुक्तानी नेटवर्क फोनपे र डिजिटल पेमेन्ट वालेट नमस्ते पेबीच फोनपे क्यु-आर भुक्तानी नेटवर्कमा आबद्ध हुन सम्झौता हस्ताक्षर भएको छ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। कार्यक्रममा फोनपे र नमस्तेपेका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। यो सम्झौतासँगै, सबै नमस्तेपे प्रयोगकर्ताहरूले नेपालभरका १२ लाख भन्दा बढी फोनपे मर्चेन्टहरूमा फोनपे नेटवर्क मार्फत छिटो, सुरक्षित र सजिलो रूपमा क्यु-आर भुक्तानी गर्न सक्छन्।

सम्झौता हस्ताक्षरपछि कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले भने, “फोनपेको नेटवर्कमा नमस्तेपेलाई आधिकारिक रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ। अब नमस्तेपे प्रयोगकर्ताहरूले फोनपे क्यु-आर मार्फत पनि भुक्तानी गर्न सक्छन्। हामी विश्वस्त छौँ कि नमस्तेपेसँगको सहकार्यले डिजिटल भुक्तानीलाई नेपालमा प्रवर्द्धन गर्न थप मद्दत गर्नेछ।”

प्रयोगकर्ताहरूलाई व्यापक र सुविधाजनक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने भिजनमा यो साझेदारी महत्वपूर्ण रहेको फोनपेले जनाएको  छ। नमस्तेपेसँगको साझेदारीले, ग्राहकहरूलाई अझै बढी भुक्तानी विकल्पहरू मिलेको र कम्पनीको समावेशी वित्तीय इकोसिस्टममा थप बढावा पुग्ने विश्वास फोनपेको छ।

त्यसैगरी सम्झौतामा खुसी व्यक्त गर्दै नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले भने, “फोनपे नेटवर्कलाई हाम्रो भुक्तानी प्रणालीमा समेटी हाम्रा प्रयोगकर्ताहरूलाई १२ लाख भन्दा बढी मर्चेन्टहरूमा भुक्तानी गर्ने सेवा दिन पाउँदा हामी निकै उत्साहित छौँ। हामी हाम्रा ग्राहकहरूलाई विभिन्न सुविधाहरु प्रदान गर्दै डिजिटल अनुभव सरल बनाउन सँधै प्रयासरत छौँ। यो सहकार्यले हाम्रा मूल्यवान ग्राहकहरूलाई निर्बाध, सुरक्षित र सुविधाजनक कारोबार र सरल भुक्तानी अनुभव सुनिश्चित गर्दछ।”

Metro Mart

फोनपे एक भुक्तानी प्रणाली अपरेटर हो जसले अन्तर-बैंक व्यक्तिदेखि व्यक्ति (पर्सन टु पर्सन: पि टु पि) र व्यक्ति-देखि-व्यवसायी (पर्सन टु मर्चेन्ट: पि टु एम) लेनदेनहरू यसको इन्टरअपरेबल नेटवर्क र मोबाइल प्लेटफर्महरू मार्फत सुविधा दिन्छ। फोनपे, नेपाल राष्ट्र बैंकद्वारा भुक्तानी प्रणाली सञ्चालक (पेमेन्ट सर्भिस अपरेटर: पि एस् ओ) को रूपमा इजाजतपत्र प्राप्त गर्ने पहिलो मोबाइल भुक्तानी नेटवर्क हो र हालपनि राष्ट्र बैंकद्वारा नियमन गरिँदै आएको छ। ‘पि सि आइ डि एस् एस्’ प्रमाणीकरण प्राप्त गर्ने फोनपे, नेपालको पहिलो गैर-कार्ड-आधारित ‘पि एसओ’ पनि हो।

 

प्रकाशित: Jun 29, 2023| 19:44 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्