बुधबार, वैशाख ३०, २०८३

परिसंघको उपाध्यक्षमा मोर

 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

काठमाडौं- लक्की ग्रुपका प्रबन्ध निर्देशक तथा गणपति वनस्पति लिमिटेडका अध्यक्ष अमित मोर नेपाल उद्योग परिसंघको उपाध्यक्षमा निर्वाचित भएका छन्। परिसंघको २०औँ वार्षिक साधारणसभाले उनलाई उपाध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो।

National life

उनले आफ्नो कार्यकालमा निजी क्षेत्रका समस्या समाधानमा आफ्नो तर्फबाट सदैव अग्रसर रहने र परिसंघलाई नयाँ उचाइमा पु‍र्‍याउन सबै पदाधिकारीका साथ अग्रसर भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

साधारणसभामा नेपालको घिउतेल उत्पादन गर्ने गणपति वनस्पतिलाई परिसंघले लगातार तेस्रोपटक सम्मान गरेको जनाइएको छ। परिसंघले गणपति वनस्पतिलाई नेपालबाट साफ्टाअन्तर्गत निकासी हुने निर्यातयोग्य वस्तुहरू निकासी प्रवद्र्धनमा महत्वपूर्ण सहयोग उपलब्ध गराएकोमा सम्मान गरेको जनाइएको छ।

उक्त सम्मान प्रधानमन्त्री पुष्पकमल दाहालबाट कम्पनीका अध्यक्ष मोरलाई प्रदान गरिएको उल्लेख छ। विभिन्न उद्योग, व्यापार–व्यवसाय, बैंक तथा बिमा कम्पनीहरूमा लगानी भएको समूह लक्की ग्रुपका प्रबन्ध निर्देशक मोर हिमालयन रि–इन्स्योरेन्समा पनि सञ्चालक रहेको जनाइएको छ।

 

प्रकाशित: Jun 29, 2023| 19:21 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्