शुक्रबार, साउन २३, २०८२

नलगाडमा सुत्केरी भैंसीलाई एक हजार भत्ता

 |  बिहीबार, असार १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

vianetvianet

जाजरकोट- नलगाड नगरपालिकाले सुत्केरी भैँसीलाई भत्ता दिएको छ। ‘भैँसी सुत्केरी प्रोत्साहन हातभरि’ भन्ने नाराका साथ नगरपालिकाले सुत्केरी भैँसीलाई एक हजारका दरले भत्ता दिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए।

दैनिक भैँसीपालक कृषकको सङ्ख्या घटिरहेकाले भैँसीपालनलाई थप व्यवस्थित गराउँदै भैँसीपालनमा आत्मनिर्भर गराउने उद्देश्यले सुत्केरी भत्ताको व्यवस्था गरिएको उनले बताए। असार मसान्तभित्र सबै सुत्केरी भैँसीको भत्ता दिइसक्ने गिरीको भनाइ थियो। 

वडा नं ६ का वडाध्यक्ष वीरेन्द्र खड्काले वडाभित्र रहेका ३१ भैँसीपालन गर्ने किसानले सुत्केरी भत्ता बुझेको बताए। उनका अनुसार नगरपालिकाभरि तीन सय २४ सुत्केरी भैँसी छन्। भत्ता पाएपछि किसान खुसी भएका छन्।

‘बर्सेनि भैँसीपालक किसानलाई नगरपालिकाले विभिन्न कार्यक्रम ल्याएर सहयोग गर्दै आएको छ। साथै नगरपालिकाले भैँसी बिक्री वितरणमा रोक समेत लगाएको छ’, वडाध्यक्ष वीरेन्द्र खड्काले भने।
 

प्रकाशित: Jun 29, 2023| 15:33 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्