शुक्रबार, असार ५, २०८३

प्रहरीको गोलीबाट युवकको मृत्यु भएपछि फ्रान्स अशान्त

 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

काठमाडौं- फ्रान्समा ट्राफिक जाँचका लागि एक युवकले कार नरोकेको भन्दै प्रहरीले हानेको गोलीले मृत्यु भएपछि हिंसात्मक प्रदर्शन भएका छन्। मंगलबार प्रहरीले १७ वर्षीय युवक नाहेल एमलाई ट्राफिक जाँचका लागि कार नरोकेपछि गोली हानेको थियो।

National life

ती युवकको मृत्यु भएपछि सुरु भएको हिंसात्मक गतिविधिमा संग्लन १५० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। हिंसात्मक गतिविधि जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्। फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले एक ट्विटमा दिएको जानकारीअनुसार प्रदर्शनकारीहरुले रातभर देशभरका स्कुल, टाउन हलहरू र प्रहरी स्टेसनहरूलाई निशाना बनाएका छन्।

फ्रान्सेली सञ्चारमाध्यमका अनुसार प्रहरीले सुरुमा कार नरोकेर आफूहरुतर्फ हाँकेपछि युवकलाई चोट पुर्‍याउने उद्देश्यले गोली प्रहार गरेको बताएको थियो। तर उक्त दुर्घटनाको फुटेजमा एक प्रहरी अधिकारीले कारको झ्यालबाट युवकलाई पेस्तोल ताकेर नजिकैबाट गोली हानेको देखिन्छ।

फ्रान्सेली राष्ट्रपति इमान्युल म्याक्रोनले गोलीबारी अक्षम्य भएको बताएका छन्। सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘युवाको मृत्युलाई कुनै पनि कुराले न्याय दिन सक्दैन।’ समाचार एजेन्सी रोयटर्सका अनुसार सन् २०१७ यता फ्रान्सेली प्रहरीको गोलीबाट ज्यान गुमाउने अधिकांश अश्वेत वा अरब मूलका रहेको बताएको छ। नाहेल अल्जेरियन मूलका हुन्।

गत वर्षमात्र फ्रान्समा ट्राफिक नियम नमान्दा १३ जनाको ज्यान गएको थियो।

Shivam cement

प्रकाशित: Jun 29, 2023| 14:00 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्