शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • जिल्ला अदालत ललितपुरकी नासु प्रेमिकामाथि कानुन व्यवसायीको चड्कन

जिल्ला अदालत ललितपुरकी नासु प्रेमिकामाथि कानुन व्यवसायीको चड्कन

लामिछानेको मुक्का प्रहारबाट नासु प्रेमिकाका दुई दाँत हल्लिनुका साथै ओठमा समेत चोट लागेको छ।
 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

काठमाडौं– ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङमाथि कानुन व्यवसायी अधिवक्ता अमीर लामिछानेले मुक्का हानेका छन्।
लामिछानेले अदालतमै बसेर काम गरिरहेकी नासु प्रेमिकामाथि बुधबार साढे ४ बजे हातपात गरेका थिए।

National life

मुद्दाको मिसिल र आदेश हेर्न फाइल लिन खोजेपछि प्रेमिकाले मिसिल बाहिर लैजान नमिल्ने अड्डी लिनासाथ लामिछानेले मुकका प्रहार गरेको ललितपुर प्रहरीले जनाएको छ।

लामिछानेको मुक्का प्रहारबाट नासु प्रेमिकाका दुई वटा दाँत हल्लिनुका साथै ओठमा चोट लागेको बताइएको छ। लामिछानेले लछारपछार गर्दा उनको पोसाकको बाहुलासमेत च्यातिएको छ । प्रहरीले अदालत परिसरभित्रै कर्मचारीमाथि हातपात भएपछि लामिछानेलाई नियन्त्रणमा लिई ललितपुर प्रहरीको जिम्मा लगाएको छ।

पुनमाया महर्जन वादी र बद्री देशार प्रतिवादीसमेत भएको दूषित लिखत निर्णय दर्ता बदर मुद्दामा वारेश रहेका लामिछानेले तारेख लिने क्रममा मिसिल तानी आफैं कागजात पल्टाई हेर्न थालेपछि नासु प्रेमिकाले नहेर्न भनेको प्रहरीलाई दिएको उजुरीमा उल्लेख छ।

प्रकाशित: Jun 29, 2023| 13:42 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्