बुधबार, वैशाख ३०, २०८३

किसानलाई अनुदानमा कृषि उपकरण

कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो। 
 |  बिहीबार, असार १४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

बाँके– बाँकेको बैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ। कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो। 

National life

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीका अनुसार ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरिएको हो। ‘किसानलाई कृषि उब्जनी गर्न सहज होस् भन्ने उद्येश्यले कृषियन्त्र अनुदानमा वितरण गरेका हौँ’, उनले भने।

आर्थिक विकास समितिका संयोजक एवं वडा–४ का वडाध्यक्ष प्रेमबहादुर शाहीका अनुसार ३१ किसानलाई मिनिटेलर र ११ किसानलाई पावरटिलर वितरण गरिएको छ। पालिकाले किसानलाई अनुदान दिने निर्णय गरेअनुरुप उक्त कार्यक्रम कार्यान्वयनका लागि आवेदन आह्वान गरको थियो। निवेदन दर्ता गराएका किसानको घर–घरमा पुगेर अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसान छनोट गरिएको थियो।  

खेतीयोग्य जमिनका आधारमा मल वितरण

प्रत्येक वर्ष झैं यस वर्ष पनि बाँकेका किसानले मलको भाव झेल्दै आएका छन्। धानखेती हुने जमिनको आधारमा गाउँपालिकालाई रासायनिक मल वितरण गर्न थालिएको छ। ‘धान खेती धेरै र कम हुने जमिन पत्ता लगाएर त्यही अनुसार पालिकालाई दामासाही तरिकाले रासायनिक मल वितरण गरिरहेका छौं’,  कृषि बिउबिजन कम्पनी नेपालगन्जका प्रमुख रमेश पौडेलले बताए। 

बाँकेमा धान खेतीका लागि ६ हजार मेट्रिक टन मल माग भएको थियो। अहिलेसम्म दुई हजार पाँच सय ८१ मेट्रिक टन युरिया मल आएको पौडेलको भनाइ छ।

मागबमोजिम मल नआएपछि ८ असारदेखि मात्र मल बिक्री वितरण सुरु गरिएको हो। एउटा गाउँपालिकालाई १ हजार बोरा डिएपी र १ हजार दुई सय बोरा युरिया वितरण गरिएको छ।

बाँकेमा ३ हजार मेट्रिक टन डिएपी माग भएको थियो तर अहिलेसम्म १ हजार तीन सय ४१ मेट्रिक टन मात्र वितरणका लागि आएको छ। पौडेलका अनुसार आइतबारसम्म बाँकेको राप्तीसोनारी, वैजनाथ, डुडुवा गाउँपालिकासहित कोहलपुर नगरपालिकामा मल वितरण गरिएको छ।

कम्पनीले सहकारीमार्फत रासायनिक मल कृषकलाई दिँदै आएको छ। सरकारी अनुदानको मल नपाएपछि बाँकेका किसान भारतबाट खरिद गर्न बाध्य थिए।

प्रकाशित: Jun 29, 2023| 12:50 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्