शुक्रबार, साउन २३, २०८२

स्थानीय तहका बजेटमा कृषि र सडकलाई प्राथमिकता

 |  बिहीबार, असार १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार १४, २०८०

vianetvianet

बैतडी- कृषि, स्वास्थ्य, सडक र शिक्षालाई प्राथमिकता दिँदै बैतडीका स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्।  

नगरसभा तथा गाउँसभाबाट ९ स्थानीय तहहरूको ४ अर्ब ७३ करोड १ लाख ६७ हजार १०० रुपैयाँ बराबरको बजेट सार्वजनिक भएको हो। स्थानीय सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र सडकलाई मुख्य प्राथमिकतामा राखेका छन्। 

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८२ करोड १७ लाख ३८ हजार बराबरको बजेट ल्याएको छ। उपप्रमुख कौशिला चन्दले शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेको छ भने नगरको ढल निकास र स्वच्छ, सफा नगरपालिका सामाजिक विकास, सुशासन लगायतका क्षेत्रलाई समेटेकी छन्।

नगरपालिकाले पुँजीगततर्फ ११ करोड विनियोजन गरेको छ भने चालू खर्चतर्फ १३ करोड ४० लाख २८ हजार ८८९ बजेट विनियोजन गरेको छ। आर्थिक विकासतर्फ ७५ लाख रुपैयाँ विनियोजन गरेको नगरपालिकाले सामाजिक विकासतर्फ ४ करोड ६० लाख, पूर्वाधार विकासतर्फ १ करोड ६६ लाख विनियोजन गरेको नगरपालिकाले वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

पुर्चौडी नगरपालिकाले ६४ करोड ५४ लाख ११ हजार  बजेट ल्याएको छ। पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताएको छ।

Metro Mart

नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख मीना धानुकले सामाजिक विकास, पूर्वाधार, कृषि, शिक्षा स्वास्थ्यलाई र सुशासनलाई प्राथमकितामा राखेको बताइन्।

पुर्चौडीमा सामाजिक विकासतर्फ ८ करोड ५० लाख, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५० लाख, सुशासन तथा संस्थागत विकासतर्फ ९ करोड, पूर्वाधार विकासतर्फ ७ करोड र आर्थिक विकासतर्फ १ करोड विनियोजन गरिएको छ।  

पाटन नगरपालिकाले पनि सार्वजनिक गरेको ६३ करोड ५३ लाख ६२ हजार २१० बराबरको बजेटमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेको नगर प्रमुख गौरिसिंह रावलले बताए।

प्रकाशित: Jun 29, 2023| 10:31 बिहीबार, असार १४, २०८०
प्रतिक्रिया दिनुहोस्